प्रधानन्यायाधीशले आफ्नो मुद्दा आफै हेर्न नमिल्ने भन्दै परेको रिटमा आज सुनुवाइ हुँदै

१७ भदौ, काठमाडौं ।

प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्धा हेर्न नहुने भन्दै सर्वाेच्चमा परेका रिटकाे आज सुनुवाई हुने भएको छ । अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको सो रिटको सुनवाईका लागि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।

रिटमा प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्धा हेर्न नहुने भन्दै प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको छ ।

सो रिटमा प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयन गर्न समेत माग गरिएको छ ।

त्यस्तै संविधान बमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटको पनि आज सुनुवाई हुने भएको छ । सो  रिटको सुनुवाई पनि सोही इजलासमा तोकिएको छ ।

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानको विपरित हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

साथै रिटमा संविधान र कानूनको आधारविना प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा नबस्ने सल्लाह दिएको भए त्यसको कार्यान्वयन नगर्न परमादेश माग गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top