पौडेल समूहले भन्यो – सभापतिमा साझा उम्मेदवार खोज्छौं

१७ भदाै, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेस संस्थापनइतर समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ।

Advertisement

पौडेलले भने, ‘हामी चारजनामध्ये एक जनाले मात्रै उम्मेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ ।’

सभापतिबारे छलफल भैरहेको र केहिदिनमा निर्णय गर्ने पौडेलले बताए । आफूहरु एकताबद्ध भएर पार्टी बचाउनका लागि र आफ्नो अस्तित्व जोगाउनका लागि अघि बढ्ने पनि उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top