गगन थापा पौडेल पक्षमा खुले

१७ भदाै, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका नेता गगन थापा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पौडेल पक्षको पत्रकार सम्मेलनमा थापाले पनि सहभागिता जनाएका छन्।

भोलिदेखि कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ। त्यसको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्षमा अन्य नेताहरुसँगै थापा पनि उपस्थित भएका हुन्।

Advertisement

थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका छन् । यसअघि थापा अनौपचारिक बैठकहरूमा कृष्ण सिटौलासँग सहभागी हुन्थे ।

अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए । थापाले त्यतिबेला शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए। कोइराला पौडेल समूहबाट र केसी देउवा समूहबाट प्रतिस्पर्धा गरेका थिए। अहिले कोइराला र केसी दुवै पौडेल पक्षमा छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top