दार्चुला तुइन घटना : भारतसँग कूटनीतिक पहलका लागि गृहले परराष्ट्रलाई पत्र पठायो

१७ भदौ, काठमाडौँ ।
महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनामा जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

घटनाको अनुसन्धानका लागि गठित सहसचिव जनार्दन गौतमको संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाएको हो । पत्रमा दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।

गत साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, खाङदाङ (माल)का ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए । अहिलेसम्म धामीको अवस्था अज्ञात छ ।

भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top