काभ्रेमा पुनः सल्बलाए मिर्गौला तस्कर

१६ भदौ ७८, बिहीबार

१७ भदाै, काभ्रे ।

बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ गर्यो । उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । प्रहरीले भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक राजन कोइरालाले बताए । उनका अनुसार दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै उनकै निशानामा पारेका ती युवाको जाहेरीपछि उनीहरुको खोजबिन थालिएको हो ।

काभ्रेपलाञ्चोकबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले काभ्रे जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो । घटनाक्रमले जिल्लामा मिर्गौला तस्कर पुनः सक्रिय भएको देखिएको छ । काभ्रेपलाञ्चोकले कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको थियो । हाल मिर्गौला बिक्री गर्नेहरुको जीवनशैली निकै कारुणिक बन्दै गएको पाइएको छ ।

त्यसो त पाँचखाल नपा–७ जोरपिपल मिर्गौला बिक्री गर्नेको दैनिक जमघटस्थल हो । छ देखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । यस क्षेत्रमा मिर्गौला बिक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि नपरेको घटना छन् । होस–बेहोसमा हुने उनीहरु आफ्नो कमजोरीलाई ‘कमाइ खाने’ विषय बनाएकामा उनीहरुको आक्रोश देखिन्छ । जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।

विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । १९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका–२ ज्याम्दीका नवराज मिजारले खुलेरै आफूले मिर्गौला बिक्रीपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताए ।

“अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने । उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गौला बिक्री गर्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन् ।

“मदिरा सेवनले शरीर पनि कमजोर बन्दैछ, केहीले त भएको रुखोपाखो पनि बेचेर सकिसके, आयआर्जनका काम गर्न सकिएको छैन” स्थानीयवासी नवराज मिजारले दुखेसो पोखे। अझ उनी जिल्लामा हुने मानव बेचविखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको खतसमेत देखाउने गर्छन् । उनलाई ‘दलाल’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो ।

दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गौला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो । स्वेच्छाले मिर्गौला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन् । एक पीडितका अनुसार मिर्गौला बेच्ने थुपैलाई दुई चरणमा कोरोनाले थलाएको थियो । यी समुदायमा कुनै पनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन ।

केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपिआर) को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । उसको प्रतिवेदनमा यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । घटना विवरणअनुसार काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए ।

–राजकुमार पराजुली/रासस

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top