न्युयोर्कमा अहिलेसम्मकै ठूलो पानी परेपछि डुबान, आपतकाल घोषणा

१६ भदौ ७८, बिहीबार

१७ भदौ, एजेन्सी ।

अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो ।

अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् । बाढीका कारण न्युयाेर्कमा अहिलेसम्म कम्तीमा ८ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ र

अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको न्युयोर्कका मेयर बिल डे ब्लासिओले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पाेस्ट गरेका भिडियाेमा न्युयोर्कका सबस्टेसन, मानिसको घरमा बाढी पसेको देख्न सकिन्छ भने सडकहरु पनि जलमग्न भएका छन् ।

त्यस्तै न्युजर्सीमा पनि आपतकाल घोषणा गरिएको छ । न्युजर्सीमा बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो ।

हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै रहेकाे जनाइएकाे छ ।

यस्तै न्यु ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top