ताप्लेजुङमा ढुंगाले किचेर मजदुरको मृत्यु

१७ भदौ ७८, शुक्रबार

१७ भदाै, ताप्लेजुङ।

Advertisement

ताप्लेजुङकाे फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउँसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किच्दा घटनास्थलमानै मृत्यु भएको थियाे ।

Advertisement

उनी सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top