×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

विद्युतीय बस सञ्चालनका लागि ऊर्जा मन्त्रीकाे चासाे

१७ भाद्र २०७८

१७ भदाै, काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन् ।

Advertisement
Advertisement

पुलचोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेसनको अवस्थाबारे बताए।

पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराए ।

चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उहाँले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।

जवाफमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन्।

उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरपालिकाकामा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन् ।

उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन् ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने र आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर अगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताए ।

त्यसैगरी सञ्चलन समितिका सदस्य भूषण तुलाधरले विद्युतीय बसेको खरिद प्रक्रिया र लागतबारे जानकारी गराए । उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड पाँच लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रति बस रु एक करोड ५२ लाख लाग्नेछ ।

यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा रु ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ । साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन (नान्जीङ) अटो मोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो ।

तुलाधरका अनुसार अबको चार महिनामा तीन वटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट प्रतिघण्टाको ब्याट्री जडान गरिनेछ । ब्याट्री चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझामा रु तीन अर्बको सेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ ।

Advertisement

हाल साझाले ७१ वटा ठुला बस सञ्चालन गर्दै आएको छ । साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top