एमालेले भन्याे- सरकारले दार्चुला घटना थामथुम पार्न खोज्यो

१७ भदाै, काठमाडौँ ।

नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गरेका छन् ।

विज्ञप्तिमा सरकारले घटनालाई थामथुम पार्न र जनताको ध्यान अन्यन्त्र मोड्न खोजेको आशंका बढेको समेत भनिएकाे छ ।‘आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान मोड्न खोजेको आशंका पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । धामीका सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले यही १५ भदौमा गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top