अझै खुलेन हवाई संग्रहालय

१७ भदौ ७८, शुक्रबार

काठमाडौं : वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम ९हवाई संग्रहालय० संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब पाँच महिनादेखि यो संग्रहालय बन्द छ।

Advertisement

संग्रहालय बन्द भए पनि नियमित खर्चका कारण मासिक करिब आठ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ। लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुले पनि हवाई संग्रहालय बन्द छ। संग्रहालय खुलाउने सरकारको पहल नभएको सञ्चालक वेद उप्रेती बताउँछन्।

पहिलो लकडाउनमा भाडामा करिब ५० प्रतिशतको छुट पाए पनि यो लकडाउनमा भने छुट पाउन नसकिएको उनको भनाइ छ। मासिक भाडा, ब्याज, कर्मचारी खर्च, बत्ती–पानीको बिल सबै गरेर करिब आठ लाखको नोक्सानी व्यहोर्दै आएको सञ्चालक बताउँछन्। लकडाउन पछिको पाँच महिनाको अवधिमा ४० लाखको हाराहारीमा संग्रहालयले घाटा व्यहोरेको छ।

Advertisement

सन् २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्स ३३०–३०० सिरिजकोे जहाज दुर्घटना भएको थियो। उड्न अयोग्य भएर दुई वर्ष विमानस्थलमा थन्किएको जहाजलाई डँडेलधुराका विमान चालक वेद उप्रेतीले ट्रस्ट खोली करिब दुई करोडमा खरिद गरेका थिए। प्राधिकरणसँगको सहकार्यमा जहाज खरिद गरी संग्रहालयमा परिणत गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सहकार्य गरिएको भए पनि प्राधिकरणको लगानी भने यसमा छैन। प्राधिकरणले सिनामंगलमा आफ्नो स्वामित्वमा रहेको आठ हजार वर्गमिटर जग्गा १० वर्षका लागि भाडामा दिएको छ। तर अहिले करिब १० रोपनी जग्गा मात्र लिएको संग्रहालयले जनाएको छ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top