राहत र उद्धारमा कुनै कसर नराख्न मुख्यमन्त्री नेपालीको निर्देशन

१७ भदौ ७८, शुक्रबार

१८ भदौ, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकामा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी काम गर्न जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।

बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि श्ुक्रबार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकश्मिक बैठक डाकेर उनले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे ।

प्रदेश सरकारले विपदमा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत विपतरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ ।

मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट लगातार गुनासो आउँदा कतै उनीहरुले राहत नपाएको हो कि भन्ने अनुभूति भएको बताए । उनले भने, ‘विपदमा परेकालाई तत्काल सम्बोधन गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, त्यसैले ढिलासुस्ती गर्ने छुट छैन ।’ जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमित रुपमा लिन उनले प्रमुख सचिवलाई निर्देशन दिए । पहिरोले सडकमा क्षति पु¥याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर यातायात चलाउन मुख्यमन्त्रीले भौतिक पूर्वाधार सचिवलाई निर्देशन दिएका छन् ।

बाढी पहिरोमा परेर बिहीबार र शुक्रबार मात्रै कास्की र पर्वतमा ११ जनाको मृत्यु भएको छ । असार यता मात्रै बाढी पहिरोमा गण्डकीमा २७ जनाले ज्यान ग्ुमाएका छन् भने ८ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा परी निधन भएकाहरुकोमा विपद व्यवस्थापन समितिले दु्ख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । मृतकका आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ताहरुको खोजी जारी राख्ने निर्णय बैठकले गरेको प्रमुख सचिव डा. दामोदर रेग्मीले बताए । उनले घाइतेहहरुको उपचार भइरहेको, बाटो नभएर खाद्यान्न नपुगेका स्थानमा हेलिकोप्टरबाटै भए पनि खाद्यान्न लैजाने काम भइरहेको जानकारी गराए ।

बैठकमा प्रदेश वन तथा वातावरण मन्त्री दीपक थापाले जताततैबाट दुख घटनाका बारेमा समाचार आइरहेको भन्दै तत्काल उद्धार र राहतमै आफूहरु केन्द्रित रहेको बताए ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिद कार्यालयका सचिव इन्दु घिमिरे, भौतिक पूर्वाधार सचिव रामचन्द्र श्रेष्ठ, वन तथा वातावरण सचिव डा. महेश्वर ढकालसहित सबैजसो मन्त्रालयम सचिव वा निमित्त सचिव सहभागी थिए ।

प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण्डकी प्रदेश कार्यालय, नेपाल आर्मी, अनुसन्धान विभागलगायत सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि बैठकमा सहभागी थिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top