×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

कांग्रेस वडा अधिवेशन सुरु : ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

१९ भाद्र २०७८

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको छ । कोरोना भाइरसको संक्रमण र पार्टीको क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परिरहेका बेला शुक्रबार सुरु भएको वडा अधिवेशनमा कांग्रेसका नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ ।

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन् । अधिवेशनको पहिलो दिन शुक्रबार नै ४१ जिल्लामा वडा तहको अधिवेशन भएको छ । वडा तहको अधिवेशन सुरु भएसँगै कांग्रेस नेता तथा कार्यकर्ता फेरि एक पटक तल्लो तहमा चलायमान बन्न पुगेका छन् ।

Advertisement
Advertisement

४१ जिल्लामा वडा अधिवेशन सुरु भए पनि शुक्रबार नै सबै ठाउँमा प्रतिनिधि र वडा कार्यसमिति चयन प्रक्रिया भने सकिएको छैन । प्रदेश १ का ताप्लेजुङ, पाँचथर हुँदै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्ममा वडा अधिवेशन भएको छ ।

सदस्यता विवाद टुंगो लागेका ५६ जिल्लामध्ये बाँकी नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पा, बागलुङ, सल्यानसहितका जिल्लामा २१ गते, प्युठान, दाङ, कालीकोट र दार्चुलामा २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ । झापा जिल्लामा वडा अधिवेशन शनिबार हुने भएको छ भने नवलपुर, रुकुम पश्चिमसहितले २३ गते गर्ने निर्णय गरेका छन् । २१ जिल्लामा भने क्रियाशील सदस्यता विवाद नै टुंगो लाग्न सकेको छैन । यही विवादका कारण कांग्रेसले यसअघि तीन पटकसम्म महाधिवेशन स्थगित गरेको थियो ।

वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हुँदा शुक्रबारबाट सुरु भएको वडा अधिवेशनप्रति केन्द्रीय नेतृत्वको चासो हुने गरेको छ । १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानको व्यवस्था छ । त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०÷१० जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्थाअनुसार कांग्रेसले एउटा वडाबाट १५ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

वडा तहबाटै पूर्ण समावेशी सिद्धान्तका आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरेको कांग्रेसले कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गरेको छ । न्यूनतम १५ जना प्रतिनिधि चयन हुने वडामा ९ जना खुलाबाट र बाँकी सात जना समावेशी र समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित हुने व्यवस्थासहित पहिलो पटक समानुपातिक सिद्धान्तको अभ्यास गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको विवाद समाधान गरेर सदस्यता सूची उपलब्ध गराए भदौ २७ गतेका लागि तोकिएको गाउँ र नगरपालिका अधिवेशनअघि नै बाँकी जिल्लाको अधिवेशन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको तयारी छ । सदस्यताको विवाद टुंगो लाग्न नसके भदौ २७ गतेका लागि तय गरिएको गाउँ र नगरपालिका अधिवेशन प्रभावित हुनेछ ।

त्यस्तो अवस्थामा प्रदेशसभा क्षेत्रीय अधिवेशनसहितका अन्य कार्यतालिका पनि प्रभावित हुनसक्ने नेताहरूले जनाएका छन् । कांग्रेसले पछिल्लो पटक तय गरेको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुनेछ । मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको ।

यसैबीच, सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्दै पार्टीलाई सबल बनाउने कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा पुगेर वडा अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने बताए । नेता कार्यकर्तालाई स्वास्थ्य सावधानी अपनाई अधिवेशनमा सहभागी हुन आग्रह गर्दै देउवाले भने, ‘मास्क लगाउनुस्, सामाजिक दूरी कायम गर्नुस् । कोरोनाको बेला छ । आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुुस् ।’

त्यसअघि बिहान शुभकामना सन्देश जारी गर्दै देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नुपरेको उल्लेख गरेका थिए । ‘आज म निकै खुसी छु । नेपाली कांग्रेसका ८ लाखभन्दा बढी क्रियाशील सदस्य आजदेखि १४ औं महाधिवेशन प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोस, जाँगर र साथको अनुभूति यति बेला गरिरहेको छु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रुपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैं अगाडि छ ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग बलियो बनाई जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने दाबी गरेका छन् । ‘हामी १४औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेका छौं । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भनेका छन् ।

त्यस्तै, महामन्त्री शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताउँदै उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने उल्लेख गरेका छन् ।

Advertisement

नेता शेखर कोइरालाले १४औं महाधिवेशन उत्सवका रुपमा आएको उल्लेख गरेका छन् । ‘कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्न गइरहेका छौं,’ उनले भनेका छन्, ‘यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top