ओलीमाथि १० दोष थोपर्दै गौतमको राजीनामा

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ ।

उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन् । नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान राख्दै आएका गौतमले सोही पार्टीमा प्रवेशको तयारी गरेका छन् । गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन् ।

‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नुभएन’, गौतमले राजीनामा पत्रमा लेखेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीले गरेका कामलाई पटक पटक असंवैधानिक भन्दा पनि उनी नसच्चिएको गौतमको विभिन्न १० आरोप छ ।

उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यताविपरीत संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप पनि लगाएका छन् । ‘जननेता मदन भण्डारीको कम्युनिस्ट पार्टीले जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताविपरीत अध्यक्ष ओली चल्नु भयो’, गौतमको राजीनामा पत्रमा लेखिएको छ ।

कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता र संविधानविपरीत ओलीले जनताको अत्यधिक बहुमतको जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधिसभा भंग गरेको आरोप गौतमले लगाएका छन् । ‘तपाईंले अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन,’ गौतमको आरोप छ ।

गौतमले ओलीमाथि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउन खोजेको र सहकर्मीहरूलाई पार्टीबाट निकालेको आरोप समेत लगाएका छन् । ‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ, तपार्ईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरू दिएको थिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो,’ गौतमले राजीनामा पत्रमा लेखेका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top