बङ्गलादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

१९ भदाै, ढाका ।

बङ्गलादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।

बङ्गलादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झन्डै १८ महिनापछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

बङ्गलादेशका शिक्षा मन्त्री दिनु मोनाले विद्यालय खुल्ला गरिए पनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पारिन् । उनले शुक्रवार दिएको जानकारीअनुसार सुरुमा परीक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुचारु गरिने भएको हो ।

अन्य विद्यार्थीलाई भने भिडभाड नहुने गरी हप्तामा एक÷दुई दिन पढाउने गरी व्यवस्था गर्न लागिएको पनि शिक्षा मन्त्री मोनाले जानकारी दिइन् ।

उनले पढाइ हुने दिनको सङ्ख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउँदै लैजान सकिने पनि बताइन् । बङ्गलादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चलन गर्ने निर्णय गरेको थियो ।

बङ्गलादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अव भने बन्द गर्ने म्याद नथपिने भएकाले सेप्टेम्बर १२ देखि विद्यालय खुल्ला हुने भएका हुन ।

बङ्गलादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म १५ लाख १० हजार २८३ जना सङ्क्रमित भएका छन् भनेतीमध्ये २६ हजार ४३२ जनाको मृत्यु भएको छ । रासस÷सिन्ह्वा

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top