चिकित्सा शिक्षा पढ्ने गरिब र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति दुरुपयोग हुन नदिन सांसदहरुको माग

२० भदौ, काठमाडौं ।

प्रतिनिधि सभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्याइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा बोल्दै सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि व्यवस्था गरिएको छात्रवृत्ति दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत समेत गराएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग माग गरिन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विश्वकर्माले गरिब र जेहेन्दार वर्ग विद्यार्थीका लागि छुट्याइएको छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारको ध्यानाकर्षण गराए। सांसद विश्वकर्माले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानुनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न ’चेतावनी’ दिए।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले पीछडिएका क्षेत्रको उत्थानका लागि सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।

बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समूदायका लागि छुट्याइएको छात्रवृत्ति दूरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए। उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भईरहेको पनि समितिलाई जानकारी गराए।

उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरु संचालनमा ढिलाइ नहुने गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे। मंसीर, पुसभित्र सो संस्थान अन्तर्गतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको पनि गिरिले जानकारी दिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top