अमेरिकामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै

२० भदौ, एजेन्सी ।

संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का संक्रमित बढ्दै गएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा पछिल्लो सातामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ ।

अहिले हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा संक्रमण देखिएको छ । यो संख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ। गत बुधबारसम्मको तथ्यांक हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो संक्रमण देखिएको छ ।

यस्तै यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । यो सातामा मात्र एक हजार ४७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

यो संख्या अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो। यसरी अमेरिकामा पछिल्लो हप्तामा संक्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको संख्या पनि बढ्दो देखिएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा जनाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top