एमसीसीबारे सत्ता गठबन्धनमै किचलो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अहिलेकै अवस्थामा एमससीसी अनुमोदन गर्न नहुने अडानमा रहेका छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणासमेत गरेको छ । सत्ता गठबन्धन मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि एमसीसी पास हुन नहुने अडान अगाडि सारेको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा एमसीसी परियोजना अगाडि बढाउने योजना बनाइएको थियो । तर, तत्कालीन नेकपाभित्र नै विवाद भएपछि एमसीसी परियोजना अनुमोदन गर्ने/नगर्ने विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । नेकपाभित्रको त्यति बेलाको आन्तरिक विवादले प्रतिनिधिसभा नै विघटन भएपछि एमसीसीको विषय ओझेलमा परेको थियो । तर, अहिले संसद् अधिवशेन आह्वान भएसँगै एमसीसी परियोजना पारित गर्ने विषयले सत्ता गठबन्धनभित्रै आन्तरिक किचलो शुरु भएको छ ।

अमेरिकाले विद्युत् प्रसारण र सडक पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी दिने भनिएको करिब ६० अर्ब नेपाली रुपियाँ बराबरको अनुदान सम्झौता एमसीसी सांसदबाट पारित गर्ने तयारी सरकारले अघि बढाएको छ । सम्झौतामा संसद्बाट अनुमोदन गर्नुपर्ने विषय कतै पनि उल्लेख नभएको दाबी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भन्नुहुन्छ– ‘एमससीसी संसद्मा ल्याउने कुनै कानुनी आधार नै छैन, एमसीसीको विषयमा प्रश्न उठेपछि अर्थ मन्त्रालयले थप प्रस्ट पार्न पत्राचार गरेको छ, उताबाट जवाफ आएपछि छलफलको विषय हुन सक्छ, संसद्मै ल्याउनुपर्ने कुनै आधार नै छैन ।’ उहाँले झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको १५ बुँदे प्रस्तावअनुसार संशोधन गरेर अमेरिकी पक्ष तयार भएको अवस्थामा मात्र एमसीसी छलफलको विषय बन्न सक्ने बताउँदै एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धनमा अहिलेसम्म छलफलसमेत नभएको बताउनुभयो ।

अनुदानका लागि राखिएका कतिपय सर्तबारे सत्ता पक्ष र प्रतिपक्ष एवं सरोकारवाला निकायले प्रश्न उठाएपछि एमसीसीबारे थप प्रस्ट गर्न अर्थ मन्त्रालयले अमेरिकालाई १० बुँदे पत्र पठाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि अमेरिकी पक्षले नेपालमा परियोजनाका बारेमा उठेको प्रश्नको जवाफ दिएपछि पारित हुने वातावारण सिर्जना हुने विश्वास व्यक्त गरेको छ ।

कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले अमेरिकाले एमसीसीबारे नेपालमा व्यक्त आशंकाको अमेरिकी पक्षबाट जवाफ आएपछि संसद्बाट पारित हुन सक्ने बताउनुभयो ।

अर्थ मन्त्रालयले एमसीसीलाई लेखेको पत्रमा अनुदान अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत भए/नभएको विषय समेत खुलाउन भनेको छ । अर्थ मन्त्रालयले एमसीसी उपाध्यक्ष फातिमा जी सुमर र एसिया हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको आसन्न नेपाल भ्रमणअघि नै यसबारे स्पष्ट गर्न अमेरिकासँग आग्रह गरेको छ ।

‘कुनै हालतमा पारित गर्न हुँदैन’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको दाबी गर्दै कुनै पनि हातलमा पारित गर्न नहुने बताउनुभएको छ । रावलले एमसीसी सम्झौतालाई संसद्मा पेस गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणीसमेत गर्नुभयो ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top