सफा पानी बगेपछि मात्रै मेलम्चीको पुनर्निर्माण

काठमाडौँ: मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ ।

Advertisement

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ । सो कार्ययोजना खानेपानी मन्त्रालयमा बुझाइसकिएको छ ।

पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा चैतसम्म अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारिएको खानेपानी मन्त्रालयमा बुझाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काम अगाडि बढाउन

Advertisement

सहकार्य हुन सक्ने निकायहरू तथा आवश्यक बजेटलगायतको विषयमा कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ । सो कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको अवस्थामा आयोजनाको काम सुरु गर्न सजिलो हुन्थ्यो ।” सो आयोजनाको पुनः सञ्चालनमा ल्याउन करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च हुन सक्ने आयोजनामा अनुमान गरिएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top