×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?

२१ भाद्र २०७८

काठमाडौं: ‘मैले १३ औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी (शेरबहादुर देउवा) लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु ।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो ।

२०७२ फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रस्तावक बसेका गुरुङले महाधिवेशन भएको साढे दुई वर्ष बित्दानबित्दै पार्टी केन्द्रीय समितिको बैठकमा नै आफ्नो असन्तुष्टि दर्ज गरे । आफ्नो विश्वास र पार्टी सिद्धान्तविपरीत देउवाले गुटलाई प्रोत्साहित गरेको, विधानबमोजिम गर्नुपर्ने मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै उनले पार्टीका सबै तहका समिति विघटनको प्रस्ताव बैठकमा राखे । पार्टीका पुराना नेता गुरुङको असन्तुष्टिलाई १३औं महाधिवेशनमा उनीसँगै देउवासँग जोडिएका गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, योगेश ढकाललगायतका नेताको धारणाका रुपमा हेरिएको थियो ।

Advertisement
Advertisement

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा गुरुङले राखेको प्रस्ताव सुनुवाइ हुने कुरै थिएन । सभापति देउवाले आफ्नो कार्यशैलीमा पनि परिवर्तन गरेनन् । परिणाम, पार्टीको १३औं महाधिवेशनमार्फत देउवालाई पार्टीको मूल नेतृत्वमा पुर्‍याउन सहयोगी नेताहरू नै अहिले उनको विपक्षमा उभिएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन् ।

गुरुङले देउवाविरुद्ध लिखित प्रस्ताव राखेको तीन वर्षपछि देउवाको निकट सहयोगी पार्टी उपसभापति विमलेन्द्र निधिले पनि उनको साथ छाडेका छन् । पार्टीको आगामी महाधिवेशनमा देउवासँगै मूल नेतृत्वमा प्रतिस्पर्धामा निधि उत्रिएका छन् । बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेका निधि नेतृत्वको तयारीमा जुटेका छन् ।

आफू कसैका विरुद्ध नभएको बताउँदै उनले पार्टीलाई सबल, सक्षम, संविधानको रक्षा गर्दै आगामी निर्वाचन जित्न सक्ने पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको बताउँदै आएका छन् । एक वर्षअघि नै १४औं महाधिवेशनमा पार्टीको मूल नेतृत्वमा प्रतिस्पर्धा गर्ने भन्दै देउवासँग निधिले भेटेर सहयोग मागेका थिए ।

निधिको प्रस्तावलाई बार्गेनिङका रुपमा देउवा निकटहरूले अथ्र्याए । तर निधिले कुनै पनि अवस्थामा नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएपछि देउवामाथि दबाब खडा भएको छ । निधि अन्तिम समयसम्म पनि नेतृत्वको प्रतिस्पर्धामा कायमै रहे महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न देउवालाई निकै चुनौती हुने संस्थापन पक्षका नेताहरूको विश्लेषण छ ।

त्यतिमात्र होइन, देउवाका अर्का विश्वासपात्र हुन् गोपालमान श्रेष्ठ । उनले समेत आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन् । देउवालाई सरकार सञ्चालन गर्न र आफूलाई पार्टी चलाउने जिम्मेवारी दिन आग्रह गरेका श्रेष्ठ राजाको शासनकालमा देउवा जेलमा रहँदा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिका रूपमा काम गरेका थिए ।

पार्टी नेतृत्व सम्हालेको साढे पाँच वर्षमा देउवालाई धेरै सहयोगीले साथ छाडेका छन् । १३औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसी अहिले उनका विरुद्ध सबैभन्दा धेरै आक्रामक देखिएका छन् । देउवा इतरका समूहबाट सभापतिमा साझा उम्मेदवार बनाएर सक्रिय केसीले उनको कार्यशैलीको आलोचना गर्दै आएका छन् । देउवालाई फेरि पार्टी नेतृत्वमा दोहोरिन दिन नहुने पक्षमा उनको सक्रियता जारी छ ।

देउवा समूहबाटै १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका चन्द्र भण्डारीसहितका केही नेताले पनि उनको साथ छाडेका छन् । अन्य केही नेताले पनि देउवाको साथ छाड्ने क्रममा रहेको निकट स्रोतको दाबी छ । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको प्रत्याशी बनेका कृष्णप्रसाद सिटौला समूहको साथ आफूलाई रहने देउवाको बुझाइ छ । सिटौला समूहको साथ पाएमा निधिको उम्मेदवारीले पार्नसक्ने क्षतिपूर्ति त्यहाँबाट गर्ने रणनीति देउवाको देखिएको छ । तर १३औं महाधिवेशनपछि उदाएको सिटौला समूहबाट केन्द्रीय सदस्य गगनकुमार थापा अलग्गिएका छन् ।

सिटौला समूहबाट महामन्त्रीको प्रत्याशी बनेका थापा आगामी महाधिवेशनमा पनि सोही पदमा प्रत्याशी बन्ने घोषणा गर्दै रामचन्द्र पौडेलसहितको संस्थापन इतर समूहमा देखिन थालेका छन् । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आफूलाई महामन्त्रीका रूपमा प्रस्तुत गरे पनि अहिलेसम्म उनले भने सिटौला समूह छाडिसकेका छैनन् । नेता सिटौलाको भूमिका आगामी महाधिवेशनमा कस्तो हुन्छ अझै खुलिसकेको छैन । यद्यपि सिटौला निकट मानिएका भीमसेनदास प्रधान, शिव हुमागाईंसहितका नेताहरू भने देउवातिर नरम देखिएका छन् ।

त्यस्तै विजयकुमार गच्छदारसहित विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरूको साथ आफूहरूलाई रहने बुझाइमा रहेका देउवा निकटहरू आगामी महाधिवेशनबाट नेतृत्वमा दोहोरिने कुरा कठिन नहुने विश्लेषण छ । आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराईसहितका नेताले पौडेलको साथ छाडिसकेको बताउँदै देउवा निकट एक सदस्यले भने, ‘संस्थापन इतर समूहबाट एउटा मात्र सभापतिको उम्मेदवार सम्भव छैन । त्यसले गर्दा पनि हामीलाई सहयोग पुग्छ ।’

Advertisement

संस्थापन इतर समूहबाट नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला मुख्य आकांक्षी छन् भने रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले पनि आफूलाई सभापतिका रूपमा प्रस्तुत गर्दै आएका छन् । यद्यपि १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सुरु हुने एक दिनअघि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफ्नो समूहबाट एउटा मात्र साझा उम्मेदवार दिने जनाएका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top