गृहमन्त्रीले माफी नमागेसम्म नेकपा (एस) अखिलले निरन्तर प्रदर्शन गर्ने

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

 सत्तारुढ गठबन्धन नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध नगर्न गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको विरुद्धमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रर्दशन नगर्न भन्दै गृह मन्त्रालयले पटक पटक सूचना जारी गरेपछि सत्तारुढ गठबन्धनको विद्यार्थी संगठन अखिलले सोमबार पनि मीनभवन, काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

‘यो सरकारका मान्छेहरुले भारतीय तलब खान्छन् कि नेपालीको तलब खान्छन् ? हिजोको गृह मन्त्रालयको प्रेस विज्ञप्तिले गम्भीर प्रश्न उठाएको छ,’ अध्यक्ष पराजुलीले भने, ‘जयसिंह धामी मारिँदा नबोल्ने ? नेपाली भूमिमा भारतीय सैनिकको हेलिकोप्टर उड्दा नबोल्ने ? तर, सोही घटनामा भारतीय प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्दा कानुन लगाउने काम किन भयो ? यस घटनामा गृह मन्त्रालयले माफी माग्नुपर्छ ।’

उनकाअनुसार सरकारले माफी नमागेसम्म निरन्तर विरोधका कार्यक्रम सञ्चालन हुनेछ, जसअनुसार आज अपरान्ह ४ बजे अखिलले मीनभवन काठमाडौंसहित देशैभरी प्रदर्शन गर्नेछ ।

‘यो प्रेस विज्ञप्ति मात्रै होइन, नेपाली जनताको स्वाभिमानलाई मोदीको पाउमा सरकारले लगेर राखिदिएको छ, यो अपमान र लज्जास्पद घटना हो, यसमा सरकारले माफी माग्नै पर्छ,’ पराजुलीले अगाडी भने, ‘सत्तामा पुगेर जनविरोधी काम गर्न पाइँदैन, सरकारले त्यो विज्ञप्तिलाई अविलम्ब फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्छ ।’

अखिलले गरेको विरोध प्रदर्शनमा माऊ पार्टी नेकपा (एस)सँग कुनै सम्बन्ध नभएको पनि उनको भनाइ छ । ‘अखिल सदैव जनविरोधी कार्यको प्रतिपक्ष हो, हाम्रो पार्टीले के भन्छ ? के गर्छ ? त्यो अखिलले जान्दैन्,’ पराजुलीले भने, ‘तर, सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा नै आँच आउने काम गर्नेलाई अखिलले छाड्दैन, सरकारले यसघटनामा अविलम्ब माफी मागोस् ।’

नेकपा (एस) गत सातादेखि नै भारतीयद्धारा नेपाली भुमि अतिक्रमण र जयसिंह धामी मृत्यु प्रकरण विरुद्ध निरन्तर प्रदर्शनमा छ । सोही घटनालाई लिएर कुटनीतिक क्षेत्रमा दखल पर्ने भन्दै गृह मन्त्रालयले मोदी विरुद्ध प्रदर्शन नगर्न आइतवार प्रेस विज्ञप्ति जारी गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top