भरुवा बन्दुकको कारखानामा प्रहरी छापा

२१ भदौ ७८, सोमबार
Share this
747shares

२१ भदौ, मोरङ ।

Advertisement

aआफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाइ बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ वर्षीय आशबहादुर लिम्बु रहेका छन्।

आइतबार बेलुका ६ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top