×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

२२ भाद्र २०७८

काठमाडौं : ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।

Advertisement
Advertisement

सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत भएका छन् ।

पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’पर्ने गरेको गुनासो आमकर्मचारीको छ । यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ । मन्त्रिपरिषद्ले सोमबार मात्रै १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ ।

यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसरी सिफारिस गर्दा सर्वोत्कृष्ट कर्मचारीको सिफारिस किन गर्न सकिएन भन्ने प्रश्न उठेको छ ।

सरकारले गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन । कानुनअनुसार प्रत्येक वर्ष एक जनाले पाउनुपर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।

सरकारले १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र र ५० हजारको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नामावली भने निजामती सेवा दिवसका दिन (आज) घोषणा गर्ने जनाइएको छ ।

Advertisement

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । निजामती सेवा दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि यस अवधिमा सरकारले जम्मा चार जनालाई मात्रै सर्वोत्कृष्ट पुरस्कार दिन सकेको छ । यसअघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, भाइकाजी तिवारी र शान्तराज सुवेदीले २ लाख राशिको सर्वोत्कृष्ट पुरस्कार पाएका थिए । तर, पछिल्ला चार-पाँच वर्षदेखि भने सरकारले सर्वोत्कृष्ट कर्मचारी नै पाउन सकेन ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top