मनसुन सुरु भएयता बाढी पहिरोबाट १२९ जनाको मृत्यु, ४४ जना बेपत्ता

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौ ।

Advertisement

देशका विभिन्न भागमा भएको भारी वर्षापछिको बाढी, डुबान र पहिरोमा परेर ६ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका अनुसार सोमबार रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

रोल्पा नगरपालिका–१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बालकको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। अन्य दुईजना घाइते भएका छन्।

Advertisement

यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव हिजो फेला परेको छ। मृत्यु हुनेमा ना३ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन्। उनीहरु ट्रकसँगै बगेका थिए।

उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरोसँगै आएको ढुङ्गा लागेर १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ। अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ। यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

Advertisement

आइतबार रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर÷टहरा डुबानमा परेको छ। काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ। एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।

त्यस्तै भक्तपुरबाट ५४ र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी÷पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ। अन्य ४४ जना हराइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top