Nepal Times
Nepal Times
3
Shares

नुवाकोटमा पहिरोले दुई घर बगायो, ६ घर जोखिममा

नुवाकोटमा पहिरोले दुई घर बगायो, ६ घर जोखिममा

२२ भदाै, नुवाकोट।

अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटको गेर्खुमा दुई वटा घर बगाएको छ । अरु ६ वटा घर जोखिममा परेका छन् ।

विदुरदेखि २० किलोमिटर उत्तरमा रहेको विदुर नगरपालिका वडा नं. ११ माझ गेर्खुमा सोमवार राति करिव ११ वजे घर माथिबाट आएको पहिरोले स्थानीय खिलप्रसाद न्यौपानेको घरसहित कुखुरा फार्म बगाएको हो । उनको दुई वटा घरसहित कुखुरा फार्म वगाउँदा कुखुरासमेत मरेको स्थानीय रामशरण न्यौपानेले जानकारी दिए ।

खिलप्रसाद न्यौपानेले घरमै पालेको एकसय ५० कुखुरा मरेका छन् । पहिराका कारण स्थानीय ६ जनाको घर उच्च जोखिममा रहेको छ । पहिराका कारण स्थानीय ठगप्रसद न्यौपाने, भुमराज न्यौपाने, हेमप्रसाद न्यौपाने, होमप्रसाद न्यौपाने, वद्रीप्रसाद न्यौपाने र मेघनाथ न्यौपानेको घर उच्च जोखिममा रहेको छ । प्रहरी परिचालन गरेर क्षतिको पहिचान र नियन्त्रणका लागि आफुले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.