×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

सङ्खुवासभा हत्या प्रकरण : शव पोस्टमार्टमका लागि धरान लगिँदै

२२ भाद्र २०७८

२२ भदाै, सङ्खुवासभा ।

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाको प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

Advertisement
Advertisement

अति नै विकट एवं दुर्गम घटनास्थलमा सोमबार साँझ ७ बजेतिर पुगेर दाहाल नेतृत्वको टोलीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ । यद्यपि घटनास्थल पुगेको प्रहरीको विशेष टोलीले भने घटनाको नजिक पुगिएको उल्लेख गरेको छ ।

घटनाको अनुसन्धानमा सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडा पनि खटिएका छन् । धरानबाट प्रहरीको विशेष टोली पुग्नुअघि सङ्खुवासभा प्रहरीले शव नचलाईकन घटनास्थलको सुरक्षा मात्रै दिएको थियो ।
यसैबीच हत्या गरिएका ६ जनाकै शव मंगलबार बिहानसम्म घटनास्थलमै छ । प्राय शवहरू घोप्टो परेको अवस्थामा भेटिएका छन् । अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ ।

८५ वर्षीय बौदमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने क्रूरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीय पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीय कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए ।

‘सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैनौँ,’ उनले भने ‘घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन। आफ्नो गरेर खाइरहेको सिङ्गो परिवार नै सखाप बनाइएको छ ।’ घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको जानकारी वडाध्यक्ष कटुवालले दिए ।

उनका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन् । बेलुकासँगै खाना खाएर सुतेको र बिहान हेर्दा श्रीमती (पार्वती)लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेको उनले बताएका छन् हत्या गरिएकामध्ये पार्वतीको शव घरभित्रै थियो । काम गर्न जाँदा लगाउने कपडा र गम्बुटसमेत लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटियो। कमला र रञ्जनाको शव घरनजिकको खोलामा भेटिएको थियो । दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो ।

स्थानीय र प्रहरीले सबै जनाको हत्या भाग्दाभाग्दै भएको हुनसक्ने अनुमान गरेका छन् । अर्थात् लखेटी लखेटी मारिएको पनि हुनसक्ने प्रहरीले बताएको छ ।

Advertisement

प्रहरीले आर्थिक पाटोका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् । कार्की परिवारले झापामा जग्गा किन्नलाई बैना गरिसकेको पाइएको छ । जग्गा किन्नलाई घरमा पैसा राखेको हुनसक्ने भएकाले सबैको हत्या गरेर लुटपाट गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top