संखुवासभा घटनाको अनुसन्धान गर्न सीआईबी पनि खटियो

२२ भदौ, काठमाडौं ।

संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् ।

सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

Advertisement

अनुसन्धानमा प्रदेश नं.१ प्रहरी कार्यालयले रिजनल इन्भेस्टिगेटिभ टिम (आरआईटी) पनि खटाएको छ । सोमबार बेलुकी डग स्निफिङ गरिसकेर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

हालसम्म अनुसन्धानमा प्रहरीले ठोस प्रगति हात पारिसकेको छैन । मृतक परिवारले झापामा जग्गा किन्नका लागि पैसा जम्मा गरेर घरमा राखेको र त्यही पैसाका कारण घटना भएको हुनसक्ने अनुमान छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top