कर्मचारी दिवसकै दिन तालाबन्दीमा उत्रिए कर्मचारीहरु

२२ भदाै, काठमाडाैँ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रवद्र्धनको निम्ति काम गरिरहेको भएपनि यसलाई ध्वस्त बनाउन र एनजिओलाई प्रश्रय दिन लागिएको र प्रतिष्ठानका कर्मचारीको व्यवस्थापनमा ध्यान नपु¥याएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

कर्मचारीहरुले प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाँका तयार गरी मन्त्रालयसँग यथाशिघ्र छलफल गराई विद्यमान ऐन, नियम बमोजिम कार्य गर्न सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठानको ऐन तथा नियमावली नयाँ नबनाई विद्यमान ऐन तथा नियमावली कार्यक्षेत्र नघट्ने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई संघ र प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरुका लागि क्षमता विकासको केन्द्र बनाउनुपर्ने, प्रतिष्ठानको संरचना स्पष्ट नहुँदा कर्मचारीहरुको दरबन्दी, कार्यविवरण तथा शाखा, महाशाखाको कार्य जिम्मेवारीहरुको तय हुन नसकेको भन्दै सो समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । त्यस्तै विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम शुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामोे समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा गर्नुपर्ने पनि माग गरिएको कर्मचारी तापेन्द्र प्रसाद रिजालले बताए ।

त्यस्तै प्रतिष्ठान अन्र्तगतका प्रशिक्षण केन्द्रहरु प्रदेश सरकारमा उपायोगका लागि हस्तान्तरण भइसक्दा समेत त्यहाँ कार्यरत कर्मचारीहरुको व्यवस्थापन नभएकाले तुरुन्तै सम्मानजनक व्यवस्थापन हुनुपर्ने माग गरिएको उनले जानकारी दिए। राजपत्रअनंकित कर्मचारीहरुको सेवाकालिन प्रशिक्षण प्रतिष्ठानबाट मात्र सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि स्पष्ट निर्देशन दिनुपर्ने, संघीय सरकारबाट जारी हुने ऐन, नियम, निर्देशिका, कार्यविधि र परिपत्रहरुको एकै प्रकारको सन्देश प्रवाह गर्नका लागि संघ, प्रदेश र स्थानीय तहमा गरिने सभा, गोष्ठि, कार्यशाला र प्रशिक्षणहरु प्रतिष्ठानबाटै सञ्चालन गर्नुपर्ने माग गरिएको प्रतिष्ठानका कर्मचारी रिजालले बताए । आफूहरुको माग पूरा नभएसम्म प्रतिष्ठानका सबै कार्यक्रमहरुलाई स्थगन गर्ने पनि उनले बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top