ड्युटिमा रहेका प्रहरीमाथि कुटपिट गर्नेलाई गृहमन्त्री खाणको ‘संरक्षण’ उल्टै प्रहरीमाथि हुँदैछ कारबाही

२२ भदौ ७८, बुधबार

२२ भदौ, काठमाडौं ।

भदौ ११ गते राति न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीमाथि युवाको समूहले आक्रमण ग¥यो। प्रहरीका अनुसार मदिरा सेवन गरेर राति बाटोमा हल्ला गर्दै हिँडेको समूहलाई हल्ला नगर्न भन्दा उनीहरु उल्टै प्रहरीमाथि नै जाइलागेका थिए।

प्रहरीमाथि कुटपिट भएको भिडियो नै सार्वनिक भयो। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। ८÷९ जनाको समूहमा रहेका युवाले ड्युटीमा रहेका प्रहरीको मास्क खोलेर मुक्काले प्रहार गरे।

सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियोमा फिल्डमा खटिएका कमाण्डर भने युवा जमातलाई रोक्ने प्रयास गर्छन्। यति गर्दा समेत उनीहरुले प्रहरीलाई टेर्दैनन्। ठेलमठेल गर्दै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हान्छन्।

‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्।

यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।

सिपाही भएर बढ्ता हुने ? भन्दै उनीहरुले प्रहरीलाई फर्की–फर्की कुटपिट गरेको देखिन्छ। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ। उनीहरु पनि ती युवाको जमात अघि निरिह भएको भिडियोमा देखिन्छ।

प्रहरीलाई धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। ‘कुटपिट गर्ने जो कोही भए पनि कारबाहीको दायरामा आउँछन्,’ सिंहले भनेका थिए।

अनुसन्धानका क्रममा प्रहरीलाई यसरी कुटपिट गर्ने व्यक्तिहरुमा कमल शाही, प्रवीण गिरि, विमल चन्दलगायतको समूह रहेको खुल्यो।

एसएसपी सिंहले भनेजस्तै कारबाहीका लागि भन्दै उनीहरुसहित चार जनाका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसूरमा पक्राउ पूर्जि समेत जारी भएको थियो। तर, पक्राउ पूर्जि जारी भएको २ साता बित्न लाग्दा समेत प्रहरीमाथि कुटपिट गर्नेहरु पक्राउ पर्न सकेका छैनन्।

’कुटपिट गर्ने समूह पहिचान भएर पनि पक्राउ पूर्जी जारी भइसकेको छ,’ प्रहरी स्रोत भन्छ, ‘तर कारबाही गर्न होइन कि नगर्नका लागि दबाब आएपछि उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन्।’

घटनाका आरोपीहरु सबै नेपाली कांग्रेसका कार्यकर्ता हुन्। कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरु अहिलेसम्म पक्राउ पर्नबाट जोगिँदै आएका छन्।

उनीहरुलाई गृहमन्त्री बालकृष्ण खाणकै संरक्षण रहेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरी अधिकारीहरु अनौपचारिक रुपमा स्वीकार गर्छन्।

ड्युटिमा रहेका प्रहरी कर्मचारीमाथि कुटपिट गर्नेलाई गृहमन्त्रीले नै ’संरक्षण’ गरेर कारबाही गर्नबाट जोगाउँदा प्रहरी कर्मचारीको मनोबल गर्ने र यस्ता प्रवृतिले समग्र शान्ति सुरक्षामा नै असर गर्ने नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीको भनाइ छ।

पूर्वडीआईजी जोशी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सही हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top