विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

२३ भदौ, काठमाडौं ।

पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ ।

सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ ।

देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा देशले विकासका रूपमा गति लिन नसकेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पछिल्लो तीन वर्षको खर्च प्रगति हेर्ने हो भने पुँजीगत खर्च क्रमशः ओरालो लागेको छ । आर्थिक वर्ष २०७४–७५ मा ९२ दशमलव ७० प्रतिशत खर्च प्रगति भएको थियो ।

उक्त प्रगतिलाई शतप्रतिशतको हाराहारीमा मान्न सकिन्छ । आर्थिक वर्ष २०७४–७६ मा भने ७६ दशमलव ६९ प्रतिशत मात्र खर्च प्रगति भएको छ ।

अझ, २०७६–७७ मा खर्च प्रगति ५३ दशमलव ४५ मा मात्र सीमित बनेको छ । यसरी तीन आर्थिक वर्षमा नै खर्च प्रगति ९२ देखि ५३ प्रतिशतमा ओरालो लागेको हो ।

आर्थिक वर्ष २०७४–७५ को तुलनामा आर्थिक वर्ष २०७५–७६ मा १६ दशमलव ०१ प्रतिशतले कमी हो भने २०७५–७६ को तुलनामा २०७६–७७ मा २३ दशमलव २४ प्रतिशतले पुँजीगत खर्च कम भएको हो ।

आर्थिक वर्ष २०७४–७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरु बजेट ८९ अर्ब ५० करोड ६७ लाख रहेको थियो । बजेट संशोधन गरेर १ खर्ब ३ अर्ब ५६ करोड ८७ लाख पु¥याइएकोमा ९६ अर्ब १ करोड ५ लाख अर्थात् ९२ दशमलव ७० प्रतिशत खर्च प्रगति भएको हो ।

आर्थिक वर्ष २०७५–७६ सुरु बजेट ९३ अर्ब ७२ करोड ८२ लाख रहेकोमा संशोधन गरेर १ खर्ब १९ अर्ब २८ करोड ९३ लाख पु–याइएकोमा ९१ अर्ब ४८ करोड ४९ लाख अर्थात् ७६ दशमलव ६९ प्रतिशत मात्र खर्च भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६–७७ को सुरु बजेट १ खर्ब ४४ अर्ब ८८ करोड ७७ लाख रहेकोमा संशोधन गरेर १ खर्ब ३९ अर्ब ५४ करोड ५० लाख पु–याइएकोमा ७५ अर्ब ५८ करोड ९७ लाख अर्थात् ५३ दशमलव ४५ प्रतिशत मात्र खर्च भएको हो ।

उक्त अवधिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र समायोजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकल बहुमतको सरकार रहेको थियो ।

विगतका पछिल्लो वर्षहरूमा नेकपाभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको अवस्थामा नामको विषयमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई विभाजन गराउनेगरी आदेश दिएको थियो ।

त्यसयता एमाले र माओवादी अलगअलग पार्टी बने भने पछिल्ला दिनमा एमालेसमेत विभाजित भएर दुईवटा पार्टी बनेको छ । केही वर्षअघि एकल बहुमत रहेको कम्युनिस्ट नेतृत्वको सरकारसमेत गिरेको छ ।

पछिल्लो आर्थिक वर्षमा विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसका कारण पनि केही मात्रामा विकास पूर्वाधारतर्फको पुँजीगत खर्च हुन नसकेको मन्त्रालयका अधिकारी बताउँछन् । कोरोनाको महामारी बढेपछि सरकारले २०७६ चैतदेखि देशव्यापी लकडाउन गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top