संखुवासभा सामूहिक हत्या : विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

२२ भदौ ७८, बुधबार

२३ भदौ, संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ ।

सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान गर्न नसक्ने देखेपछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो ।

सो टोलीले घटनास्थलको सूक्ष्म अध्ययन गरेपछि शव पोस्टमार्टमका लागि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा घटनासँग सम्बन्धितलाई पक्राउ गर्न सीआईबीको टोली पनि घटना स्थलमा आइसकेका छन् ।

प्रहरी र स्थानीयको जानकारीअनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घरनजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top