नेपाल बैंकका कर्मचारी साहसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

२२ भदौ ७८, बुधबार

२३ भदौ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोषविक्रम साहसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहविरुद्ध ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सोहीबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली–पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसगँको मिलोमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रकम भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।

नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

अख्तियारले नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक सन्तोषविक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलोमतोमा सो रकम हिनामिना गरेका अख्तियारमा आरोपपत्रमा उल्लेख छ । अख्तियारले तीनै जनाविरुद्ध ४२ लाख रुपैयाँसहित सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top