२३ भदाै, एजेन्सी ।
मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हाे ।
तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो। भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ ।
