देउवाका छोरा जयवीरसिंह पनि राजनीतिमा, गृहजिल्ला डडेलधुरामा भाँडभैलो

२३ भदाै, काठमाडाैँ ।

Advertisement

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई राजनीतिमा ल्याएका छन् । जयवीरसिंहले यसपालि गृह जिल्ला डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्।

डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य छन्। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ। कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए।

Advertisement

कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम छ। जयवीरलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे छलफल भइरहेको वडा अध्यक्ष भट्टले बताए।

उनका अनुसार जयवीरसिंह गाउँ भने आएका छैनन्। २६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। उनले बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन्।

Advertisement

उनी यसअगाडि कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेका थिएनन्। कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ। ‘सभापतिज्यूको पनि यहीँबाटै नाम छ। उहाँका छोरा जयवीर पनि यसैपालि क्रियाशील सदस्य हुनुभयो,’ भट्टले भने। क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ।

यता जयवीरले क्रियाशील सदस्यता लिएसँगै जिल्लामा भने भाँडभैलो मच्चिएको छ । जिल्ला सभापतिसहितका नेता कार्यकर्ताहरु देउवाको शैलीबाट रुष्ट बनेका हुन् । जयवीरलाई क्षेत्रीय प्रतिनिधि पठाउने तयारी भइरहेका बेला जिल्ला सभापति कर्णबहादुर मल्लले भने अधिवेशन स्थगितको सूचना निकालेका छन् ।

आफ्ना छोराको सदस्यता थप्ने तर अरु पार्टीमा योगदान गरेका पाँच सय जनाको क्रियाशील सदस्यता काट्नै भन्दै मल्लले आपत्ति जनाएका छन् । मल्लका अनुसार जिल्लाबाट पठाइएका पाँच सय जनाको नाम क्रियाशील सदस्यको सूचीबाट हटाइएको छ ।

केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर पाँच सय जनाको नाम हटाएको र जिल्लाले सिफारिश नै नगरेका तीन सय जना थपिनेमा देउवा पुत्र जयवीर पनि रहेपछि आपत्ति जनाउनुपरेको मल्लको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top