वागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

२३ भदौ, हेटौंडा ।

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

एमालेका केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top