होहल्लाका बीच राजनीतक दल सम्बन्धी अध्यादेश पेस, अर्काे बैठक २५ गते बस्ने

२३ भदाै, काठमाडौं ।

Advertisement

प्रतिनिधिसभाको बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ । बुधबार प्रतिनिधि सभाको तेस्रो बैठकमा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् ।

तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएका थिए। सदन अवरोध गर्न तयार एमाले सांसद्हरुले बेल घेर्न नपाउँदै गृहमन्त्री खाण रोस्ट्रममा पुगिसकेका थिए। त्यसपछि एमालेका सांसद्हरुले होहल्ला गरिरहे। खाणले भने अध्यादेश पेश गरे।

Advertisement

अध्यादेश पेस भएलगत्तै सभामुखले बैठक स्थगित गरिएकाे सुचना पढेर सुनाएका थिए । एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top