२३ भदाै, काठमाडाैँ ।
राष्ट्रिय सभाको अर्को बैठक शुक्रवारका लागि बोलाइएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो ।
दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिदैँ आगामी बैठक भदौँ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएको बताए ।