२३ भदाै, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सदन चलाउन सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्ता गठबन्धनका दलहरूका शीर्ष नेताहरू सँगको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न तथा सदन सञ्चालनलाई सहज बनाउन भूमिका खेल्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए ।
सदनमा अतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।बैठकमा सहभागी नेताहरूले संसद् बैठकमा सत्ता गठबन्धनका सांसदहरू प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बताए