एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गर्याे : वर्षमान पुन

एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गर्याे : वर्षमान पुन

२३ भदाै, काठमाडाैँ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गरेको दावी गरेका छन् । आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरित काम गरेको नेता पुनको तर्क छ ।

संसद अवरुद्ध भएपछि संसद भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दावी समेत गरे । नेता पुनले सभामुखको गरिमा बचाउन, संसदमा आएका विजनेशहरुलाई सूचारु गराउन संसद चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा –एमाले)सँग आग्रह गरे । उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । यो चाँही संसदीय मर्यादा विपरित छ । एकातिर आचारण सम्बन्धि विषयबाहेक सभामुखले गरेका निर्णयहरुमा सभामुखको आलोचना गर्न मिल्दैन । यो संसदीय सर्वोच्चता हो । यसो गर्दै गयो भने संसद नै चल्दैन । एउटा मर्यादा हामीले नै निधारण गरेका हौं । विगतमा यस्तै अभ्यास गरेका छौं । जसले संसदको नेतालाई आचरण सम्बन्धिबाहेक अरुमा आलोचना गर्ने, वा भएका निर्णयहरुको खण्डन गरेर, आलोचना गरेर, संसद अवरुद्ध गर्ने कुनै संसदीय परम्परा नै छैन । र यो पहिलो घटना हो । त्यसैले उहाँहरुले बेठिक परम्परा सुरु गर्नु भएको छ ।’

नेता पुनले अदालतमा विचाराधिन विषय प्रवेश गराएर संसद अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुने पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.