२४ भदै, काठमाडौं ।
साझा बसले थप सेवा विस्तार गर्न ४८ वटा विद्युतीय बस काठमाडौं ल्याउने तयारी अन्तिम चरण पु¥याएको छ । हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने साझा वस सञ्चालक समितिका सदस्य भुषण तुलधारले जानकारी दिए ।
सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष राखेको छ ।
विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्तापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन ।
साझा बसले चीनको सीएचटीसी कम्पनीबाट तत्काल ४० वटा बस खरिद गर्ने गरी टेन्डर स्वीकृत गरी सकेको तुलधारले जानकारी दिए ।
साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनीलाई छनौट गरेको जनाएको छ । बसको क्षमता र फर्ममेन्स हेरेर २० प्रतिशतसम्म गाडी थप गर्ने छौ, समितिको बैठकमा सहमती भए तत्काल ४८ वटा गाडी खरिद गर्ने उनले बताए ।
साझाले तोकेको मुल्य भन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले थप गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो ।
चालक र ह्वील चेयर सहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ ।