NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

शिवालयहरुमा तीजका वर्तालुको भीड (फाेटाे फिचर)

बिहिबार भदौ २४ , २०७८
Reading Time: 1 min read
A A
Nepal Top
शिवालयहरुमा तीजका वर्तालुको भीड (फाेटाे फिचर)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ भदाै, काठमाडौँ ।

हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

मन्दिर खुलेका बेलामा जति वर्तालु पशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।

LS Auto

गोठाटारबाट बिहानै पशुपति क्षेत्र आएकी शर्मिला चालिसे पशुपतिनाथको मूल मन्दिर रहेपनि अन्य शिवालयमा पूजा आराधनाका लागि आएको बताउँछन् । मन्दिर नखुले पनि पशुपति क्षेत्रमा नआए तीजजस्तो नलाग्ने भएकाले आफू आएको उनको भनाइ छ । अन्य मन्दिर जाँदा पशुपति क्षेत्रको जस्तो खुलापनको अनुभव नहुने भक्तजनले बताएका छन् ।

मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन् । यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन ।

गोकर्णेश्वरमा वर्तालुको भीड

गत वैशाख १० गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबार बिहानदेखि खोल्ने निर्णय गरिएको छ । पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएपछि धेरै भक्तजनको गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भीड लागको छ । कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेला स्थगित गर्ने भनिए पनि टाढा–टाढाबाट धेरै भक्तजन आएपछि खुला गरिएको थियो ।

औँसीमा खोलिएकाले तीजका अवसरमा आज पनि मन्दिर खुला गरेर मास्क, स्यानिटाइजर, भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वर्तालुुलाई पूजा आराधना एवं दर्शन गर्न दिइने मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

गोकर्णेश्वर मन्दिर परिसरमा विभिन्न संस्थाको सहयोगमा स्वयंसेवक परिचालन र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । स्वयंसेवकले वर्तालुलाई दूरी कायम गरी लाममा बसेर दर्शनका लागि सहयोग गरेका छन् ।

नागेश्वर मन्दिरका ढोका बिहानैदेखि खुला

काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बिहान पौने चार बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए । भदौरे झरीका बीच भक्तजन छाता ओढेर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् ।

यसैगरी काठमाडौँ उपत्काका टोल–टोलमा रहेका शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

तीजको पौराणिकता

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताए ।

“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उनले भने ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ । तीज व्रत गरेका वर्तालुले भाद्र शुक्ल चतुर्थीका अवसरमा शुक्रबार व्रत उद्यापन गरेरमात्र भोजन गर्ने परम्परा छ । स्वास्थ्य समस्या हुनेले भने आजै फलाहार गर्छन् ।रासस

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गजल: देशको पीडा

गजल: देशको पीडा

शुक्रबार अशोज ९ , २०७७
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.