एमसीसी उपाध्यक्षसँग ओलीले भने: एमसीसी पास गर्ने-नगर्ने जिम्मा सरकारको, हामी त प्रतिपक्षी भइसक्यौँ

२४ भदाै, काठमाडौँ ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताएका छन् । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी अध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका थिए। सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

Advertisement

ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमान्दार प्रयास गरेकै हौँ । तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ । अहिलेसम्म हामीसँग सल्लाह समेत गरेको छैन।’

भट्टराईका अनुसार सरकारले यसबारे आफूहरुसँग परामर्श गर्नुपर्ने पनि ओलीको धारणा थियो । भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

Advertisement

सरकारबाट हटेपछि एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन । सरकारमा रहँदा अनुमोदनका लागि दबाब दिएको एमाले सरकारबाट हटेपछि पनि अनिर्णित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top