सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले नेता परशुराम बस्नेतले पाए सफाइ

२४ भदाै, काठमाडौं।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् । सर्वाेच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो ।

गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो । यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभगले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।  मुद्दा चल्दा उनी युवा संघको सचिव थिए । हाल उनी ४० वर्ष उमेर हदका कारण युवा संघबाट बिदा भएर खेलकुद महासंघ तथा एमाले मोरङको राजनीतिमा छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top