×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशलाई २-१ ले हरायो

२४ भाद्र २०७८

२४ भदाै, काठमाडौं ।

 नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो ।

Advertisement
Advertisement

फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले नतीजा आफ्नो पक्षमा पारेको हो ।  खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडर मार्फत बललाई जाली चुमाएकी थिइन् ।
२३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरु लिम्बुले दिएको चलाखीपुर्ण पासमा प्रीतिले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गोलरक्षक रुप्ना खातुन अघि बढेको अवस्थामा सहजै फिनिस गरेकी थिइन् ।

४९औं मिनेटमा सरु लिम्बुले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा प्रीति राईले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई बंगलादेशी गोलरक्षक रुप्ना चक्माले पञ्च गर्दै बचाउँदा नेपालले खेलमा थप अग्रता बढाउन सकेन ।

६९औं मिनेटमा मोसामत सोप्नाले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट दिएको क्रसलाई रितु पोर्न चक्माले हेडर प्रयास गरेपनि भेट्न नसक्दा बंगलादेशले गोल अन्तर कम गर्न सकेन । ७९औं मिनेटमा श्रीमोती सरकारको प्रहारलाई नेपाली टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बचाउँदै नेपालको खतरा टारिन् ।

८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दवाव झेलेको थियो । बंगलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दवाव दिएको थियो ।

Advertisement
Advertisement

दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top