Nepal Times
Nepal Times
3
Shares

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले नेता परशुराम बस्नेतले पाए सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले नेता परशुराम बस्नेतले पाए सफाइ

२४ भदाै, काठमाडौं।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् । सर्वाेच्च अदालतका न्यायाधीश दिपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार उनलाई सफाइ दिएको हो ।

गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो । यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभगले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।  मुद्दा चल्दा उनी युवा संघको सचिव थिए । हाल उनी ४० वर्ष उमेर हदका कारण युवा संघबाट बिदा भएर खेलकुद महासंघ तथा एमाले मोरङको राजनीतिमा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.