आमा बनेपछि ऋचा शर्मा भन्छिन्– छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ

२४ भदौ ७८, शुक्रबार

२४ भदाै, काठमाडौं।

Advertisement

अभिनेत्री ऋचा शर्माले आफू आमा बनेको खुसी सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छिन् । ऋचाले बुधबार छोरा ‘आभ्यान विक्रम राणा‘लाई जन्म दिएकी थिइन् ।

अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आफ्नो छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकियोस्’ भनेकी छिन्। ऋचाले लेखकी छिन्, ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब।’

Advertisement

उनले आफ्नो छोराको नाम ‘आभ्यान बिक्रम राणा’ भएको समेत जानकारी दिएकी छिन्। त्योसँगै सन्तानको आगमनले आफूलाई संसारमै सबैभन्दा धनि महसुस गराएको उनले बताएकी छिन्।

‘आज धेरै कुरा लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद पोख्छु भनेर सोचिरहेको थिएँ’, ऋचाले लेखेकी छिन्, ‘तर, आज शब्दको अभाव महसुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ।’

Advertisement

हिजोसम्म आफू केटाकेटीजस्तो लागेपनि सन्तानलाई जन्म दिएपछि एकाएक परिपक्क भएको आभाष गरिरहेको ऋचाले बताएकी छिन्। आफूले पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै पर्दा बारि आमा बन्ने सौभाग्य पाउँदा यो जस्तो महत्त्वपूर्ण र न्यानो चरित्र कहिल्यै निर्वाह गर्ने मौका नपाएको महसुस गरिरहेको उनले बताएकी छिन्।

ऋचाको स्ट्याटस:

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top