क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैङ्क

२४ भदौ ७८, शुक्रबार

२५ भदाै, काठमाडौँ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । राष्ट्र बैङ्कले बिहीबार एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।

Advertisement

सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिन सक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने छ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top