राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा छौँ– प्रचण्ड

२५ भदौ, काठमाडौं ।

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालसँग भेटवार्ता गरेकी छन्।

शुक्रबार बिहान ८ बजेतरि सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो। भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी रहेको जनाइएको छ। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले बिहीबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालसँग समेत भेटवार्ता गरेकी थिइन्।

भेटका अवसरमा प्रचण्डले एमसीसीको बारेमा थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ। यो राष्ट्रिय बहसको विषय बनिसकेको भन्दै अध्यक्ष प्रचण्डले यसमा सबै दलबीच सहमति हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।

सो अवसरमा उपाध्यक्ष सुमारले आफू कसैलाई दवाव दिन वा लबिङमा आएको नआएको बताउँदै एमसीसीको विषयमा अन्तर्क्रिरया गर्न मात्र आएको जानकारी दिएको भेटलाई उद्धृत गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top