एजेन्सी,असार ३०
पाकिस्तानको चुनावी र्यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् ।
पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तमा आयोजित चुनावी र्यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलो मानवीय क्षति भएको हो । इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।
जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् ।हिजो नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए ।
२ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो । बलुचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो । एकपछि अर्को हिंसात्मक घटना भएसँगै पाकिस्तानमा आतंक छाएको छ ।