×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

२५ भाद्र २०७८

२५ भदाै, काठमाडौँ।

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो ।

Advertisement
Advertisement

नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आउनुभएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग परे । “केवलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ ।” उनले भने ।

स्याङ्जाका वेदबहादुर कार्कीले पनि पहिलो पटक सो स्थानमा पुगेका थिए । चन्द्रागिरि नगरपालिका–१० सतुङ्गलमा बस्दै आउनुभएका उनले यसअघि सो स्थानमा पुगेपनि जिपलाइनको मज्जा लिन दोस्रोपटक आएको जानकारीदिए। “ यहाँ जिपलाइन सञ्चालन आएको खबर सुने,बिदाका दिनमा यसो घुमांै भनेर आएको हुँ,” उनले भने ।

यस्तै मोरङबाट घुम्न फिपरानी लिम्बू परिवारसहित काठमाडौँ आएकी रहिछन् । छोरी,बुहारीसँग पहिलोपटक चन्द्रागिरि घुम्न आउनुभएकी उनलाई यहाँको केवलकारसँगै डाँडाबाट उपत्यकाको मनोरम दृश्यले लोभ्याएको बताइन् ।

“तराईमासम्म भूभाग जता हेरेपनि सम्ममात्र छ, काठमाडौँ आएका बेलामा यसो डाँडाकाँडा घुम्न जाउँ भनेर आएको, साह्रै रमाइलो लाग्यो, भालेश्वर मन्दिरको दर्शन गर्न पाइयो,”उनले भनिन् ।

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केवलकारको लम्बाइ कूल दुई किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कूल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडोमा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने छ ।

केबलकारको एक डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । पछिल्लो समय कोरोनाका कारण विदेशी पर्यटक घटेको चन्द्रागिरिमा आन्तरिक पर्यटक भने बढ्दै गएका छन् । रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाई १०० मिटर छ ।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाह स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रुपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु ४०० लाग्नेछ । “आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीति लिएका छौँ,” उनले भने ।

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिक जीवनलाई केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । झण्डै ८ महिना बन्द रहेको रिसोर्टले पछिल्लो समय रिसोर्टमा आउने पर्यटकलाई लक्षित गरेर सहुलियत प्याकेज सञ्चालनमा ल्याएको छ ।

Advertisement

सहुलियत प्याकेटमा एक जोडीलाई एकरात डिलक्स कोठामा बसेको र बिहानको ‘ब्रेकफास्ट’सहित रु नौ हजार शुल्क व्यवस्था गरिएको महाप्रबन्धक शाहको भनाइ छ । रिसोर्टमा हाल एक रात बसेको नौ हजारदेखि ३० हजारसम्म लाग्ने कोठा छन् ।अच्युत रेग्मी/रासस

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top