एमालेकाे विरोधका बीच प्रतिनिधि सभामा तीनवटा अध्यादेश स्वीकृत

२५ भदाै, काठमाडौँ ।

प्रतिनिधि सभाको आजको दोस्रो बैठकले प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, र विनियोजन अध्यादेश २०७८, स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे उक्त विधेयकहरू बैठकको बहुमतले स्वीकृत गरेको हो ।

आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, र विनियोजन अध्यादेश २०७८, अस्वीकार गरियोस् भनी सांसद प्रेम सुवालले गर्नु भएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षीका सांसदहरूको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यसूची अगाडी बढाएका थिए ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुको विरोधका कारण प्रतिनिधि सभाको आजको पहिलो बैठक अवरुद्ध भएको थियो ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीले उठाएका विषयमा आफूले जवाफ दिइसकेको र सर्वोच्चमा विचाराधीन रहेकाले उक्त विषय बैठकमा नउठाउन पटक पटक आग्रह गरेका थिए ।

अवरोधकै बीच सभामुख सापकोटाले प्रतिपक्षी दलका सांसदहरूलाई बाढी पहिरो र जनसरोकारमा विषयमा सांसदहरुले बोल्न चाहिरहेकाले बैठक सञ्चालनका लागि सहयोग गर्न पटक–पटक अनुरोध गरेका थिए ।

सभामुख सापकोटाको पटक–पटकको आग्रह पछि पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र विरोध कायमै राखेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक आजै १५ मिनेटपछि फेरी बस्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top